आईसीसी वरियतामा दीपेन्द्रलाई ऐतिहासिक सफलता, तोडे यी स्टार खेलाडीको रेकर्ड

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि‌ ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए।

टि‌ ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु हसरंगाले दोस्रो, बंगलादेशका‌सकिब अल हसन तेस्रो, अफगानिस्तानका‌ मोहम्मद नाबी चौथो र जिमबावेका सिकन्दर राजा पाँचौं स्थानमा छन्।

दीपेन्द्रले भारतका हार्दिक पान्ड्या, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका कप्तान एडेन मारकमलाई पछि पारेका छन् ।

वेस्ट इन्डिजमा जारी टि ट्वान्टी विश्वकपमा दीपेन्द्रले समूह चरणका ३ खेलमा ६ विकेट लिनुका साथै ३२ रन बनाए थिए। अन्तिम खेलमा बंगलादेशविरुद्ध ३ विकेट लिँदै २५ रन बनाएका उनले दक्षिण अफ्रिकाविरुद्ध २ विकेट र ६ रन तथा नेदरल्यान्ड्ससँग १ विकेट र १ रन बनाएका थिए।