Khabar Board

विश्वकपबारे रोहित पौडेलले भने : ब्याटिङ सोचेजस्तो भएन, गुलशनलाई गाली गर्नु ठिक होइन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।

नेपालले समूह चरणका अन्तिम दुई खेलमा टेस्ट टोलीविरुद्ध बलिङतर्फ कडा टक्कर दिएको थियो । तर ब्याटिङक फ्लप सावित हुँदा ‘सुपर एट’मा नपुगी घर फर्किएको छ । एसोसियट राष्ट्रबाट अमेरिकाले अन्तिम ८ को यात्रा गरेको छ ।

बिहीबार भएको पत्रकार सम्मेलनका क्रममा रोहितले पिचको अवस्था र नेपालको ब्याटिङ लाइनअप चल्न नसक्दा हार भोग्न बाध्य भएको बताए । ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले हारबारे व्याख्या गरे ।

ब्याटिङतर्फ गतिलो प्रदर्शन गर्न नसक्नु नै हारको कारण भएको पनि उनले स्वीकारेका छन् । पौडेलले कुनै पनि खेलाडी आफ्नै देशलाई हराउन मैदान नछिर्ने तर्क गरे । उनले देशलाई जिताउनकै लागि खेलाडीहरूले सक्दो कोसिस गर्ने पनि बताए । खेलाडीहरूलाई लगाइने अनावश्यक आरोपले मनोबल कमजोर हुने पनि उनले बताए ।

आगामी दिनमा क्रिकेटमा आउन चाहनेहरूलाई पनि यस्ता आरोपले असर गर्ने बताउँदै खासगरी गुलशन झाप्रति गरिएको टिप्पणी र आलोचना गलत रहेको उल्लेख गरे ।

पौडेलले गुलशनबारे नकारात्मक टिप्पणी र आलोचनाले अरु खेलाडीको पनि मनोबल खस्किने बताए । उनले गुलनशनकै योगदानले नेपाली क्रिकेट यहाँसम्म आएको बताउँदै यो विश्वकपबाट टोलीले धेरै सक्ने मौका पाएको पनि उल्लेख गरे ।

खासगरी बलियो राष्ट्रट दक्षिण अफ्रिकाविरुद्धको नतिजा ब्याटरकै कारण उम्किएको आरोप लागिरहेको छ । यस्तोमा गुलशनलाई उक्त म्याचको हारको दोष लगाउने गरिएको छ ।

‘उक्त खेलमा पराजयले फ्यानहरूभन्दा धेरै दु:खी गुलशन भएको थियो’, उनले भने, ‘फ्यानहरूले उनकै अगाडि तिमीले गर्दा नेपाल हारेको भनिदिए। त्यस्तो कुराले नराम्रो लागेको छ । अबदेखि त्यस्तो नहोस् । गुलशनकै कारण हामीले धेरै एक्सपोजर पायौँ ।’

रोहितले विश्वकपमा गुलशनले आफूले सक्दो कोसिस गरेको पनि बताए । गुलशनबारे जथाभावी टिप्पणी उचित नभएको पौडेलले पटक पटक दोहोर्‍याए ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.