Khabar Board

दीपेन्द्रसिंह ऐरी सहित यी स्टार खेलाडीले यूएईको आईएल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने भएका छन् । दीपेन्द्रले गल्फ जायन्टमा रहेर आईएल टी-२० लिग खेल्न लागेका हुन् ।

यूएईको इन्टरनेसनल लिग टी-२० मा दीपेन्द्रलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर दीपेन्द्रसहित लिस्ट सार्वजनिक गरेको छ ।

दीपेन्द्रले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए । उनीआबद्ध गल्फमा वेस्ट इण्डिजका शिमरोन हेटमायर, इंग्ल्याण्डका जेम्स भिन्स, क्रिस जोर्डन, नामिबियाका गेहार्ड इरासम्सलगात नाम चलेका खेलाडी छन् ।

आइएल टी–२० लिगको तेस्रो सिजन आउँदो वर्षको जनवरीदेखि सुरु हुनेछ । दीपेन्द्र केही दिनअघि मात्र स्कटल्याण्डको स्कटिस सुपर टी–१० मा अनुबन्धित भएका थिए । यस्तै, उनले क्यानडाको ग्लोबल टी–२० लिग पनि खेलिसकेका छन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.