ग्लोबल टी-२० मा टोरोन्टोको लगातार दोस्रो जित, रोहितको उत्कृष्ट फिल्डिङ

Image

काठमाडौं । ग्लोबल टी-२० क्यानडा लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी टिम टोरोन्टो नेसनल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा टोरोन्टोले ब्रैम्प्टन वुल्सलाई ८ विकेटले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको वुल्सले १९.१ ओभर खेल्दा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। वुल्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा रोमारियो शेफर्ड र जेसन बेहरेन्डोर्फले समान २/२ विकेट लिए।

टोरोन्टोले १११ रनको लक्ष्य १३.२ ओभरमा भेट्टाएको हो। उसका लागि उन्मुक्त चन्दले अर्धशतक प्रहार गरे। ४० बलको सामना गरेका उनले आठ चौका र एक छक्काको मद्दतमा नटआउट ५३ रन जोडेका हुन्।

रसिभ भानले २५ रन बनाउँदा कप्तान कोलिन मुनरोले ११ रन जोड्दा निकोलस किर्टनले नटआउट ६ रन बनाए। प्लेइङ-११ मा रहेका नेपालका कप्तान पौडेलले भने ब्याटिङ गर्नु परेन।
यद्यपि उनले सानदार फिल्डिङ गरे । रोहितले १५औँ ओभरको अन्तिम बलमा बाउन्ड्री लाइनमा सानदार क्याच प्रक्रिए ।

यदि आफूलाई नियन्त्रणमा राख्न नसकेको भए उक्त बल छक्कामा परिणत हुने सम्भावना प्रबल थियो । तर, रोहितले सुझबुझ तरिकाले लिएको क्याच भित्र फाल्दै आफू बाउन्ड्री बाहिर गए । र, तत्काल नै बाउन्ड्रीभित्र फर्किँदै उनले उत्कृष्ट क्याच पक्रिए ।

रोहितले अखिलकुमारको क्याच लिएका हुन् । यस्तै, रोहितले दोस्रो ओभरको चौथो बलमा आक्रामक ब्याटर आरोन जोनसनलाई शून्यमै रनआउट गर्दै पवेलियन फर्काए । कुनै पनि विदेशी लिगमा रोहितको यो डेब्यू खेल हो । उनले ढिला भिसा पाएका कारण पहिलो खेल गुमाएका थिए ।

यो जितसँगै रोहितको टीम चार अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले भने लगातार दोस्रो हार खाएको छ।