१८ वर्ष बार्सिलोनामा बिताएका रोबार्टोले गरे क्लब छाडेको घोषणा

Image

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले कप्तान सर्जी रोबर्टोले क्लब छाडेको घोषणा गरेको छ ।

स्पेनिस मिडफल्डर रोबर्टो र बार्सिलोनाबीचको सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो । रोबर्टोले १८ वर्ष बार्सिलोनामा बिताए ।

सन् २००६ मा ला मासिया एकेडेमीमा भित्रिएका रोबर्टोले सन् २०१० मा सियिनर टोलीका लागि डेब्यू गरेका थिए । उनले क्लबका लागि ३७३ खेलमा १९ गोल गरेका छन् ।

बार्सिलोनामा रहँदा रोबर्टोले सात ला लिगा, ६ कोपा डेल रे, पाँच स्पेनिस सुपर कप, दुई च्यापिम्पयन्स लिग तथा समान एक युइएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जिते ।