वर्षाका कारण नेपाल र श्रीलंकाको खेल रद्द

Image

काठमाडौं । वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँग खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ ।

टस समेत हुन नसकि खेल रद्द भएको हो । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा रहेको छ ।

श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने भनिएको खेल भारी वर्षाका कारण रद्द भएको हो । नेपालले सोही टोलीसँग बुधवार र शुक्रवार पनि अभ्यास खेल खेल्नेछ ।