काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो ।
विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् । खेलतालिका अनुसार भदौ ३१ देखि असोज १० सम्म ओडिआई सिरिज हुनेछ । असोज १२ देखि १७ गते सम्म टि ट्वान्टी सिरिज हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल, घरेलु टोली र ओमान सहभागी हुनेछन् । नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग र दोस्रो खेल असोज २ मा ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ मा क्यानडाको सामना गर्दा असोज ८ मा ओमानविरुद्ध रहेको छ ।
ओडिआई सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी सिरिज हुनेछ । सिरिजको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ मा ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।
टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने नेपाल क्रिकेट संघ(क्यान) द्वारा जारी बार्षिक क्यालेन्डरमा रहेको छ । त्यसपछि लिग टूको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाल अमेरिका जानेछ ।क्यानडामा हुने लिग टु तथा टि ट्वान्टी सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली हाल श्रीलंकामा रहेको छ ।