वेष्ट इण्डिजका एण्डरसन फिलिपले पोखराबाट एनपीएल खेल्ने

Image

काठमाडौं । टेष्ट राष्ट्र वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले मंगलबार सामाजिक सञ्जालमार्फत एन्डरसनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

पहिलो संस्करणको एनपीएद्य आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुँदैछ । जसमा पोखरासहित ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । टेष्ट र ओडीआई क्रिकेट खेलिसकेका एन्डर एनपीएद्यका लागि अहिलेसम्म अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हुन् ।

एन्डरले एनपीएल खेल्न र पोखराको टिममेटलाई भिड्न उत्साहित रहेको बताएका छन् । ‘एनपीएलमा म पोखरा एभेन्जर्सको हिस्सा हुन उत्साहित छन् । म सबैलाई भेट्न उत्साहित छु । छिटै भेटौँला’, उनले पोखराले सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् ।

ट्रिनिडाड एण्ड टोबागोका २६ वर्षीय एण्डरसनले वेष्ट इन्डिजका लागि २ टेष्ट र ५ ओडीआई खेल खेलेका छन् । उनले सन् २०२२ मा बंगलादेशविरुद्ध टेष्टमा डेब्यु गरेका थिए भने २०२२ मै अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलेका थिए ।

यस्तै २०२१ मा श्रीलंका विरुद्ध ओडीआईमा डेब्यू गरेका उनले पछिल्लो पटक २०२२ मा बंगलादेशविरुद्ध अन्तिम ओडिआई खेलेका थिए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की प्लेअर रहेको पोखराले एनपीएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस र नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएद्यमा हरेक टोलीले ४ विदेशी खेलाडी राख्न पाउनेछ । अब पोखराले एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । एनपीएलमा एक टोलीमा कूल १६ खेलाडी हुनेछन् ।

जसमा हरेक टोलीले लक्की ड्र बाट १-१ मार्की प्लेअर छानेका थिए भने अक्सनबाट सबै टिमले १०-१० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टिमले एक खेलाडी ट्यालेन्ट हन्टबाट राख्नुपर्नेछ ।

पोखराले चेन्नाई सुपर किंग्सको प्रशिक्षक रहिसकेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ भने रिजन प्रजु प्रशिक्षकको भूमिकामा छन् ।

पोखरा एभेन्जर्सको टिम : कुशल भुर्तेल (मार्की प्लेअर), आकाश चन्द, सागर ढकाल, दिलिप गौतम, सुनाम गौतम, विपिन खत्री, तृत राज दास, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, किरण ठगुन्ना

विदेशी खेलाडी : आन्द्रेस गौस, बास डे लिड, एण्डरसन फिलिप