हेटौंडा ७ मा राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

Image

हेटौंडा सामाचार / नागस्वती भेट्रान्स कल्बले आयोजना गरेको फुटबल प्रतियोगिता भोलि मंसिर ४ गते देखी ८ गते सम्म हुने तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा गरेको छ ।

प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीहरूको सहभागिता रहने छ भने प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेता लाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको छ। १५ वटा क्लबहरूको सहभागिता रहेको छ भने प्रतियोगिताको लागि बिस लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको
क्लबका अध्यक्ष सोम बहादुर तितुङले बताउनु भयो ।

मङ्गलवार को उद्घाटन खेल मध्यान्ह १२ बजे आयोजक नागस्वती भेट्रान्स र एन.जेजे.भिसी भेट्रान्स सिमरा बिच हुने छ भने दोस्रो खेल दिउसो १ बजे हेटौडा भेट्रान्स र पश्चिम चित्रवन भेट्रान्स बिच हुने तालिका सार्वजनिक गरिएको छ ।