इन्द्रसरोवर गाउँपालिकाद्वारा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Image

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २० गते समापन समारोह भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनीले गर्नुभएको थियो भने कार्यक्रम प्रतिनिधि सभा सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नं.२ बाट निर्मबाचित संघिय सांसद महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा, नि.वर्तमान अध्यक्ष श्री जीवन लामा, प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र लामा , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा तथा खेलकुद शाखा प्रमुख श्री धर्मानन्द पन्त, अन्य शाखा प्रमुखहरु, विद्यालय प्र.अ ज्युहरू, शिक्षक प्रतिनिधि, कर्मचारीहरु, विद्यालयहरुबाट उल्लेख्य विद्यार्थीहरुको सहभागिताका साथै अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा महेश बर्तौलाले पुरस्कार वितरण गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरू र खेलाडीहरूलाई पदक, ट्रफी, र प्रमाणपत्र प्रदान गर्दै उहाँले खेलकुदले अनुशासन, दृढता, र सामाजिक एकता प्रवर्द्धन गर्ने कुरा जोड दिँदै प्रतिस्पर्धीहरूलाई भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न उत्साह दिनुभयो।

प्रतियोगितामा श्री महाचुनी मा.वि,इन्द्रसरोवर-०५ ले क्रमशः ७ स्वर्ण, ३ रजत, २ काश्य जम्मा १२ प्राप्त गरि प्रथम भएको थियो भने श्री बत्सलादेवी मा.वि,इन्द्रसरोवर-०३ ले क्रमशः२ स्वर्ण, ४ रजत, ३ काश्य जम्मा ९ प्राप्त गरि दोस्रो स्थानमा आएको थियो र श्री कालिका मा.वि,इन्द्रसरोवर-०४ ले क्रमशः२ स्वर्ण, २ रजत, १ काश्य जम्मा ५ प्राप्त गरि तेस्रो हुन सफल भयो।