एनपिएलमा सहभागी हुन ब्रायन लारा नेपाल‌ आईपुग्ने

Image
xr:d:DAF6A115bA0:2,j:7793894785094751712,t:24011603

काठमाडौं | वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आईपुग्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन विमानस्थल आइपुग्ने जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै दौरान लारा नेपाल आउन लागेको उनको अन्य कार्यतालिकाबारे भने विज्ञप्तीमा खुलाइएको छैन । एनपिएलको ३२ मध्ये बिहीवारसम्म २१ खेल सकिएको छ।

ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले ओडिआइ र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढि रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ।