बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडा पिप्ले रंगशालामा फुटबल प्रतियोगिता हुने

Image

हेटौंडा । अखिल नेपाल फुटवल संघ एन्फाले दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता यही पुस १० गतेबाट हेटौंडामा गर्ने भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश फुटबल संघको प्रमुख सहयोग र हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा प्रतियोगिता हुने जानकारी गराएको हो । हेटौंडा ५ को पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिनुभयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता सञ्चालन हुन लागेको बताउदै लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टिमलाई एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका महासचिव लवराज ठकुरीले जानकारी दिनुभयो ।प्रतियोगितामा बिजेता टिमलाई नगद २ लाख र उपविजेता लाई एक लाख सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । यस फुटबल प्रतियोगितामा मकवानपुर, चितवन , धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर,सानेपा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, ललितपुर सहभागी रहेको जानकारी दिदै पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट समेत सार्वजनिक गर्नुभएको थियो । गत वर्षको पहिलो संस्करणको उपाधि धादिङले जितेको थियो ।