Khabar Board
Flash logo up side
flash header

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै

Nirbachan m

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन ।

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी योजना अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको लापरवाही र ढिलासुस्तीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको हो । त्यहाँ भएका काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले रु एक करोड जम्मा गरेको थियो ।

उक्त रकममा प्राधिकरणले रु एक करोड थपेर काम अघि बढाएको थियो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने अनुसार पटकपटक ताकेता गर्दा पनि प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन । हेटौंडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ र खुर्कोट क्षेत्रमा ३४५ बिजुलीको पोल लगिएको छ । तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ ।

Center article

प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम  भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरपस्ट अवस्थामा रहेको अध्यक्ष मल्लले बताए। विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी लगायत वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप पनि रहेको छ । सो क्षेत्रमा चेपाङ लगायत तामाङ समुदायको बसोबास रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.