काठमाण्डाैं ।
विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको अवस्थामा सर्वसाधारणलाई प्रिमियमा आइपीओ जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै प्रिमियम थप गरेर सर्वसाधारणमा आइपीओ निष्कासन गरिने बताएका हुन।
यसैबीच बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका ४ प्रकारका कम्पनीहरुले अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ।
बजेटले एक अर्ब रुपैयाँ वा सो भन्दा बढी पूँजी भएका कम्पनी, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग कम्पनी, सरकारको अनुदान सहुलियत वा कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरेको हो।

बजेटले बैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको कोटा प्रदान गर्ने व्यवस्था गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे बैदेशिक लगानीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्टयाइने बताएका हुन
यस्तै गैरआवासिय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गर्ने उनले बताए। यसैबीच बजेटले बैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको कोटा प्रदान गर्ने व्यवस्था गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे बैदेशिक लगानीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्टयाइने बताएका हुन । यस्तै गैरआवासिय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गर्ने उनले बताए।
