Khabar Board
Flash logo up side
flash header

आलोचना खेपिरहेका हार्दिकको बारेमा यस्तो भन्छन् पूर्व क्रिकेटर वसिम जाफर

काठमाडौँ । पूर्व क्रिकेटर वसिम जाफरले आईपीएलको १७ औं सिजनमा खराब प्रदर्शनका कारण आलोचनामा परेका मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याको बचाउ गरेका छन् ।

जाफर भन्छन्, ‘कुनै पनि खेलाडीमाथि व्यक्तिगत आक्रमण निराशाजनक हुन्छ ।

यातायात कार्यालय हेटौँडा

जाफरले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘खराब प्रदर्शनका लागि खेलाडीको आलोचना हुन सक्छ। तर कुनै पनि खेलाडीमाथि लगातार व्यक्तिगत आक्रमण निराशाजनक छ। हार्दिक पाण्ड्या, बलियो भएर बस। तिमीले अर्को महिना विश्वकपमा महत्त्वपूर्ण इनिङ्स खेल्नुपर्नेछ र यिनै मानिसहरू तिम्रो तारिफ गरिरहेको देखिनेछन् ।’

हार्दिक पाण्ड्याले यो सिजन अहिलेसम्म १० खेल खेलेका छन् र २१.८८ को औसतमा १९७ रन बनाएका छन् । मुम्बई इन्डियन्सले यो सिजन अहिलेसम्म खेलेका १० मध्ये ७ खेलमा हार बेहोरेको छ र प्लेअफमा पुग्ने सम्भावना निकै कम छ।

यो सिजन सुरु हुनुअघि मुम्बई इन्डियन्सले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानको जिम्मेवारी दिएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.