एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुधवारको मतगणनापछि उनी फेरि एकपटक ह्वाइट हाउसमा फर्किने भएका हुन् । तर यो पद सम्हाल्न अब उनले कम्तीमा ७४ दिन कुर्नुपर्नेछ ।
अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्छन् । यस प्रक्रिया अन्तर्गत नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छन् र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ ।
ट्रम्पको शपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुनेछैन । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् । तथापि, राजनीतिक रूपमा भने बाइडेनसँग निकै सीमित शक्ति र अधिकार हुनेछ ।