हेटौंडा/ हेटौंडामा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएको छ। यही क्रममा हेटौंडा–१० स्थित सोलिडारिटी स्कुल अगाडि रहेको D.S. Auto Pvt. Ltd. ले Montra कम्पनीको नयाँ इलेक्ट्रिक अटो बजारमा ल्याएको छ।
कम्पनीका सञ्चालक सुलभ श्रेष्ठका अनुसार बढ्दो पेट्रोलियम मूल्य र वातावरणीय चुनौतीलाई ध्यानमा राख्दै विद्युतीय अटो भित्र्याइएको हो। “सस्तो, टिकाउ र वातावरणमैत्री विकल्प दिनु हाम्रो उद्देश्य हो,” उनले बताए।
नयाँ अटो खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गरिएको छ, जसअन्तर्गत पुराना मयुरी, अटो वा बाइक साटेर नयाँ अटो लिन सकिनेछ। ३ लाख ५० हजार रुपैयाँ डाउनपेमेन्टमा उपलब्ध यो अटोको कुल मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
प्रविधिको हिसाबले पनि अटो आकर्षक रहेको कम्पनीले जनाएको छ। एकपटक चार्ज गर्दा २२० किलोमिटरसम्म चल्ने क्षमता रहेको यो अटो पहाडी क्षेत्रमा करिब १८०-१९० किलोमिटरसम्म सञ्चालन गर्न सकिन्छ। साथै, ओरालो बाटोमा गुड्दा आफैं चार्ज हुने प्रणाली र अटो ब्रेक सिस्टम जस्ता आधुनिक सुविधा यसमा समावेश छन्।
















