मकवानपुरमा १७ किलोभन्दा बढी गाँजा फेला, एक पक्राउ

Image

हेटौंडा/ जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–९ च्यानडाँडा स्थित हरियाली सामुदायिक वन भित्री सडकखण्डमा प्रहरीले १७.५४६ केजी लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आज अपराह्न करिब १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले भावरबाट खरंगा तर्फ आउँदै गरेको बा.प्र. ०३-००५ प ७०८० नम्बरको स्कुटरलाई शंका लागी रोकी जाँच गर्दा स्कुटरमा लुकाइछिपाइ राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ बस्ने अन्दाजी २३ वर्षीय सुबास मोक्तान रहेका छन्। उनलाई गाँजासहित स्कुटर समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।