कैलाश गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सिता कुमारी खत्रीको भव्य स्वागत

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आउनु भएकी सिता कुमारी खत्रीको भव्य स्वागत गरिएको छ। गाउँपालिकाको कार्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान सहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूले खत्रीलाई स्वागत गर्दै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। उनीहरूले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।

स्वागत मन्तव्यका क्रममा खत्रीले आफूलाई दिइएको जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गाउँपालिकाको विकास, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, लक्ष्य हासिल गर्न सबैको सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै सहयोगका लागि सबैमा आग्रह गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।