आर सि रिजाललाई आंचलको अभिनन्दन

Image

हेटौंडा / आँचल साहित्य कला पुञ्ज मकवानपुरले ब्याङ्य साहित्यकार आर सी रिजाललाई अभिनन्दन गरेको छ ।

मकवानपुरमा रहेर राष्ट्रिय स्तरमा हास्यब्याङ्ग्य क्षेत्रमा सशक्त योगदान गरेका रिजाललाई शुक्रबार हेटौंडामा अभिनन्दन गरिएको हो ।

आंचल साहित्य कला पुञ्ज मकवानपुरको पाँचौं अधिवेशन एवम् चौधौ साधारण सभा तथा पारिजात स्मृति दिवसको सन्दर्भ पारेर रिजाललाई सम्मान गरेको पुञ्जले जनाएको छ ।

साहित्यप्रेमीहरू मुक्ति गोबिन्द बैद्य र हरिबंश भेटवालद्वारा रिजाललाई अभिनन्दन गरिएको हो । कार्यक्रममा साहित्यकारहरूले रचना वाचन समेत गरेका थिए ।

पुञ्जको अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

आंचलमा शर्माको नेतृत्व

यसैबीच पुञ्जको अध्यक्षमा निरा शर्मा चयन भएकी छिन् । शर्मा निवर्तमान कार्यसमितिमा उपाध्यक्ष थिइन्
शुक्रबार सम्पन्न अधिवेशनले शर्मालाई निर्विरोध चयन गरेको निर्वाचन मण्डल संयोजक पुर्णकला घिमिरेले बताइन् ।

महिला साहित्यकारहरूको साझा संस्था पुञ्जको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिब एलिजा पुडासैनी, सहसचिव सरिता दाहाल, कोषाध्यक्ष संझना अधिकारी रहेका छन् । यसैगरी सदस्यहरूमा रजनी पौडेल, अनु रोक्का, सिर्जना पौडेल र गोपिनी गौतम चयन भएका छन् ।

आगामी दिनमा संस्थापक तथा पुर्व अध्यक्ष स्वर्गीय अप्सरा तिम्सेनाको सम्मानमा स्मृति ग्रन्थ, आंचल परिचय ग्रन्थ प्रकाशन तथा महिला साहित्यको क्षेत्रमा सिर्जनशील कार्यलाई प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष शर्माले बताइन् ।