हेटौँडामा प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता साउन २ गते हुने

Image

हेटौँडा/ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित नेपाल सितोरियो कराते संघ मकवानपुर जिल्ला समिति द्वारा “श्रद्धेय गुरुजन स्मृति” प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता–२०८३ आगामी साउन २ गते आयोजना हुने भएको छ।

प्रतियोगिता हेटौँडा–४ स्थित कबड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा मकवानपुर जिल्लाभरका १६ वटा डोजो का खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगिताबारे जानकारी दिँदै समितिका अध्यक्ष दिपकबहादुर तामाङ ले प्रतियोगिताले जिल्लामा कराते खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका आर्थिक तथा कार्यक्रम संयोजक गणेश अर्याल, पूर्व खेलाडी तथा राष्ट्रिय रेफ्री–प्रशिक्षक मुकुन्दमान श्रेष्ठ र टुकेन्द्रमान श्रेष्ठ लगायतको सहभागिता रहेको छ।