राप्तीखोलाले बगाएका ७० वर्षीय रुम्बा मृत फेला

Image

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक वृद्ध मृत फेला परेका छन्।
मनहरी गाउँपालिका–४ मसिने बस्ने अन्दाजी ७० वर्षीय बलबहादुर रुम्बालाई राप्तीखोलाले बगाएको सूचना पाएपछि प्रहरीले खोजी गरेको थियो। खोजीका क्रममा रुम्बाको शव बस्तीपुर पुलबाट करिब ५०० मिटर तल खोलाको बीचभागमा काठ र ढुङ्गाको बीचमा अड्किएको अवस्थामा बिहान ७ः४५ बजे फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा SOCO सहितको टोली खटिएको थियो। घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।