भुटनदेवी माविको व्यवस्थापन समिति अध्यक्षमा तिलक पराजुली चयन

Image

हेटौंडा / मकवानपुर जिल्लाकै ऐतिहासिक तथा उत्कृष्ट विद्यालयका रूपमा परिचित भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–४ को ५८औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

भेलाले तिलक पराजुलीलाई अध्यक्षमा चयन गरेको छ। त्यसैगरी व्यवस्थापन समितिको सदस्यमा हरि श्रेष्ठ, रिना वाईवा, निर्मला पौडेल सापकोटा, सुवास सिँन्तान लामा र किरण कुमारी चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयको भौतिक तथा व्यवस्थापकीय सुधार र समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, यसअघि आफ्नो नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिमा रही सहयोग गर्ने अध्यक्ष नविन सिग्देल लगायत सम्पूर्ण सदस्यहरू, अनुगमन समितिका सदस्यहरू, अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

नयाँ व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गर्न सहयोग गर्ने सम्पूर्ण अभिभावक तथा सरोकारवालाप्रति समेत आभार व्यक्त गरिएको छ। भेलामा विद्यालयको आगामी शैक्षिक तथा व्यवस्थापकीय गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।