नेपाल–भारत ‘ग्यालाक कम्ब्याट सिरिज’: १८ महाभिडन्त र व्योमाको साङ्गीतिक धमाका हुँदै

Image

काठमाडौँ। Circle X को आयोजना तथा Max Tiger Energy Drink को मुख्य प्रायोजनमा ‘ग्यालाक कम्ब्याट सिरिज’ (Galak Combat Series) आयोजना हुने भएको छ।

​आगामी अक्टोबर ४ (असोज १८) मा काठमाडौँको NOVA मा आयोजना हुने उक्त प्रतियोगितामा एमएमए र मुआथाई (MMA vs Muay Thai) अन्तर्गत नेपाल र भारतका ३६ जना फाइटरहरू आमनेसामने हुनेछन्।

दिउँसो १:०० बजेदेखि सुरु हुने यस इभेन्टमा कुल १८ वटा रोमान्चक भिडन्तहरू रहने आयोजकले जनाएको छ। नेपाल र भारतीय फाइटरहरूबीचको रिङ भिडन्तसँगै दर्शकहरूका लागि चर्चित कलाकार व्योमा (VYOMA) को विशेष साङ्गीतिक प्रस्तुतिसमेत रहनेछ।

​प्रतियोगिताको प्रत्यक्ष प्रसारण काष्ठमण्डप Gold HD बाट हुनेछ। इच्छुक दर्शकहरूले eSewa तथा eticketnepal मार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन् भने टेबल बुकिङका लागि ९८०५६७३६१२ मा सम्पर्क गर्न सकिनेछ।