जनप्रियमा डेंगी रोकथामसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता

Image

हेटौंडा/ हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाको आयोजना तथा हेटौंडा १६ को जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा डेंगी रोग तथा रोकथामका उपायसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

कक्षा ८ र ९ का १५ विद्यार्थी सहभागी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः २ हजार १ सय, १ हजार २ सय र ९ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख भोला चौलागाईं, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंसहित शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।