हेटौंडा–९ मा बिरामी पर्दा उपचारका लागि पैसा खोज्नुपर्दैन

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–९ मा बिरामी पर्दा उपचारका लागि पैसा खोज्नुपर्ने अवस्था नरहेको वडाध्यक्ष सुकराम केसीले बताउनुभएको छ।

वडाले सञ्चालन गर्दै आएको स्वास्थ्यसम्बन्धी कार्यक्रमअन्तर्गत दीर्घरोग भएका नागरिकले नियमित औषधिका लागि मासिक खर्च जुटाउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ। स्वास्थ्य परीक्षण गराउँदा समेत शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो।

उहाँका अनुसार वडा नं. ९ का नागरिकले यस्तो स्वास्थ्य सुविधा साढे चार वर्षदेखि निरन्तर रूपमा पाइरहेका छन्।