काम गर्छौँ, नतिजा दिन्छौँ’ : सिग्देल

Image

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का विभिन्न सडक तथा ढल निर्माणका अधुरा कामलाई अघि बढाउन वडा अध्यक्ष नवीन सिग्देलले पहल थालेका छन्।

दसैँ सकिएलगत्तै अधुरा योजनालाई तीव्रताका साथ अघि बढाउन आफ्नो पहल र सक्रियता सुरु भएको सिग्देलले बताएका छन्।
उनका अनुसार रजतजयन्ती रोड, वडा प्रहरी कार्यालय अगाडिको सडक, हुप्र पूर्वी सडक, हुप्र पानी ट्याङ्कीदेखि पशुपति मन्दिरसम्मको सडक, सूर्यचोक–कर्राचोक सडक तथा प्रजातान्त्रिक रोड र सृजनापथमा ढल निर्माणका काम अघि बढाउन पहल भइरहेको छ।

‘हामी काम गर्छौँ, नतिजा दिन्छौँ। हामी एकदिन, एकछिन होइन, सधैँ आइरहेका छौँ, आउँछौँ,’ सिग्देलले भने। उनले अधुरा कामको नतिजा क्रमिक रूपमा देखिँदै जाने विश्वास व्यक्त गर्दै सबैको सहयोग र चासोप्रति धन्यवाद दिएका छन्।