विदेशमा रहेर पनि आफ्नै जिल्लाका पत्रकारको हितमा जोडिए शिवाकोटी

Image

हेटौँडा । आफूले पत्रकारिता सुरु गरेको जिल्लाका महिला पत्रकारको स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यसहित मकवानपुरका पत्रकार सुदीप शिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

हाल अमेरिकामा रहेर पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएका शिवाकोटीले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा स्थापित महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषमा उक्त रकम सहयोग गर्नुभएको हो।

शुक्रबार हेटौँडास्थित महासंघको सभाहलमा आयोजित कार्यक्रममा उहाँले एक लाख रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गर्नुभयो।

मकवानपुरमै रहेर पत्रकारिता गर्नुभएका शिवाकोटीले आफूले व्यावसायिक यात्रा सुरु गरेको जिल्लाका महिला पत्रकारहरूको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि केही योगदान गर्ने सोचले सहयोग जुटाएको बताउनुभयो।