सवारीसाधनको धुवाँ नियन्त्रण गर्न बिशाल राज महतको माग

Image

हेटौँडा । सेवा सहयोग आवाज नेपालका अध्यक्ष तथा समाजिक अभियन्ता बिशाल राज महतले सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन र कारबाही गर्न आग्रह गरेका छन्।
महतले एउटा सवारीसाधनबाट निस्कने धुवाँ सामान्य लागे पनि दैनिक हजारौँ सवारीसाधनबाट हुने प्रदूषणले मानव स्वास्थ्य, जीवजन्तु, वनस्पति र समग्र वातावरणमा दीर्घकालीन असर पार्ने बताएका छन्।

सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउनेभन्दा पनि प्रदूषण फैलाउने सवारीसाधनलाई नियमन गर्नु आवश्यक रहेको उनको भनाइ छ। उनले सवारीसाधनको प्रदूषण जाँच, नियमित अनुगमन तथा मापदण्डविपरीत धुवाँ उत्सर्जन गर्ने सवारीसाधनमाथि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

आज सामान्य ठानेर बेवास्ता गरिएको वायु प्रदूषणको समस्या भविष्यमा जनस्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौती बन्न सक्ने उल्लेख गर्दै महतले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।