जेसीज सप्ताहमा हेटौँडामा २० जनाद्वारा रक्तदान

Image

हेटौँडा । जेसीज सप्ताह २०२६ अन्तर्गत जेसीआई हेटौँडाद्वारा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

बुधबार हेटौँडा–१० स्थित बुद्धचोकमा जीवन छत्कुलीको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रम जेसीआई हेटौँडा वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

जेसीज सप्ताहअन्तर्गत बुधबार अपराह्न ४ः३० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तर हेटौँडा जेसीज वक्तृत्वकला प्रतियोगितासमेत आयोजना हुने भएको छ । प्रतियोगिताको संयोजक जेसी प्रतीक कोइराला रहेका छन् ।

सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक सञ्जय कुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन् ।