हेटौंडा । हेटौंडा–३, लेवटस्थित लेवट प्रशंसा चर्चको नवनिर्मित भवन समर्पण गरिएको छ। मंसिर ५ गते आयोजित समारोहमा चर्चका अगुवाहरू तथा सदस्यहरूको उपस्थितिमा भवन समर्पण गरिएको हो।
चर्चका सदस्यहरूको आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न भएको हो। भवन निर्माणका लागि कुल ११ लाख ९० हजार रुपैयाँ सहयोग संकलन भएकोमा ९ लाख २२ हजार रुपैयाँ निर्माण कार्यमा खर्च भएको जनाइएको छ।
भवन समर्पण समारोहमा पास्टर आर्जन मण्डीस, अजय थापा तथा पास्टर विश्व बिडारी लगायतले भवन समर्पण गर्नुभएको थियो।
सदस्यहरूको सामूहिक प्रयास र सहयोगबाट निर्माण भएको भवनले नियमित प्रार्थना, धार्मिक कार्यक्रम तथा समुदायका सदस्यहरूबीचको भेटघाट र एकतामा सहजता ल्याउने विश्वास गरिएको छ।
‘किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ’ भन्ने बाइबलको यसैया ५६:७ को वचनलाई आधार बनाएर चर्चले भवन समर्पण गरेको हो।

















