अखाद्य वस्तु मिसाइएको सात हजार किलो महसहित एकजना पक्राउ (तस्बिरहरू)

Image

काठमाडौं । अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजार, ज्याठाबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

उक्त महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो । परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

प्रहरीले उक्त सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गरिँदै आएको थियो ।

एसपी पंगेनीले अखाद्य वस्तु मिसावट गर्नेलाई कानुनी दायरामा ल्याइने बताए । कहीँ कतै यस्तो हुने गरेको थाहा पाए प्रहरीलाई सूचना दिन उनले नागरिकलाई आग्रह पनि गरेका छन् ।

थप तस्बिर हेर्नोस् –