बिहे गर्न सिडिओलाई सोध्नु पर्ने !

Image

धनगढी । कोभिड–१९ को ग्राफ फेरि बढ्न थालेपछि कैलालीमा थप कडाई भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)ले कोरोना भाइरको जोखिम न्यूनिकरणका लागि थप कडाई गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले डिसीसीएमसीले २५ वटा निर्णय गरेको बताएका छन् ।
अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।

अब पार्टी,विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिनुपर्छ ।

यस्तै होटल, रेष्टुरेन्ट, रंगशाला, सरकारी कार्यालय, सार्वजनिक स्थलमा कोरोना खोप लगाएको कार्ड अनिवार्य गरेको छ । भने मास्क पनि लगाउन अनिवार्य गरेको छ।