सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी छैन; एमाले

Image

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नभएको बताएको छ । एमाले उपमहासचिव विष्णु रिमालले एमालेलाई सर्वदलीय बैठकबारे जानकारी नआएको स्पष्ट पारेका हुन् ।

“प्रधानमन्त्रीज्यूले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समाचार संचार माध्यममा देखियो, सुनियो । एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयाे,” रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नभएको जानकारी गराउँदछु ।”

प्रधानमन्त्री देउवाले आज बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्ष दल एमालेले यसअघिको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

यो पनि

आज सर्वदलीय बैठक बस्दै