पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शाेक विदा

Image

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द हुने भएका छन् ।
शर्माको निधनमा शोक मनाउन आज सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।

“सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रूपमा सेवारत रहँदा उहाँले स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवम् न्याय र कानुनका क्षेत्रको विकासका लागि पुर्याउनुभएको योगदान अतुलनीय रहेको,” सर्वोच्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं कमलपोखरीमा वि.सं. १९९१ साल पुस १ गते जन्मिएका पूर्व प्रधान न्यायाधीश शर्माले २०१६ सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी मिति २०५४।१२।३० मा प्रधान न्यायाधीश पदमा नियुक्त भई मिति २०५६।०८।३० सम्म कार्यरत थिए ।