युक्रेनस्थित दूतावासका कर्मचारी परिवारसहितलाई देश छोड्न अमेरिकाको आदेश

Image

काठमाडौं । अमेरिकाले युक्रेनमा बढ्दो तनाबकाबीच त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन भनेको छ। युक्रेनस्थित दूतावासका कर्मचारीको परिवारजनलाई फर्कन आदेश दिइएको हो।

अमेरिकी विदेश मन्त्रालयले यसका साथ ती कर्मचारीलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ जो अहिले त्यहाँ बस्न आवश्यक छैन। साथै अमेरिकाले युक्रेनमा रहेका आफ्ना अन्य नागरिकलाई पनि त्यहाँबाट निस्कनेबारे विचार गर्न भनेको छ।

रुसले युक्रेनमाथि सैन्य कारबाही गर्ने योजनामा रहेको रिपोर्ट सार्वजनिक भएसँगै अमेरिकाले यस्तो आदेश जारी गरेको हो।