काठमाडौं । बुधबार भएको राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उनले सत्ता गठबन्धनका उम्मेदवार हेमराज राईलाई पराजित गरे।
राई जसपाको तर्फबाट उम्मेदवार बनेका थिए।















