वाग्मतीमा गठबन्धनका गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौडेल विजयी

Image

काठमाडौं । वाग्मतीमा सत्ता गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् । महिलातर्फ नेकपा एकीकृत गोमादेवी तिमल्सिना र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

महिलातर्फ तिमल्सिना ४८२४ मतभारले विजयी भएको सहायक मतदान अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए ।
उनकी निकटतम प्रतिष्पर्धी एमालेकी निरकुमारी कुँवरले चार हजार ३६२ मत प्राप्त गरिन् ।

त्यस्तै अन्यतर्फ पौडेल चार ७९४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी गोपाल शाक्यले चार हजार ३४४ मत प्राप्त गरेको पोखरेलले बताए । दुईवटै क्लस्टरमा ६ जनाको उमेदवारी परेको थियो ।