कांग्रेसका मुख्यसचिव पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित

Image

काठमाडौ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी बागमती प्रदेशबाट निर्वाचित भएका हुन्। उनले ४७९४ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ।

यस्तै, महिलातर्फ एकिकृत समाजवादीकी गोमादेवी तिमिल्सिना विजयी भएकी छन्। उनले ४८२४ मत ल्याइन्।