धनगढी । कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवामा उत्तरबाट दक्षिणतर्फ गइरहेको से ७ प २८८ नम्बरको मोरसाइकलले साइकललाई ठक्कर दिएको हो।
ठ्क्करपछि साइकल चालक सुमन बानियाँ घाइते भएको र टिकापुर अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।















