अपहरणको अफवाह फैलाउने एकजना पक्राउ

Image

दाङ । अपहरणसम्बन्धी अफवाह फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

गएराति करिब १० बजेको समयमा तुल्सीपुरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरी आफूलाई चार जना मानिसहरुले अपहरण गरि जंगलमा लगेर राखेको भनि अफवाह फैलाएको आरोपमा प्रहरीले सल्यानको कालिमाटी गाउँपालिका –४ घर भएका ४० वर्षीय खिमबहादुर ओलीलाई पक्राउ गरेको हो ।

मदिराको मातमा अफवाह पैलाएको पाइएपछि आईतबार विहान ४ बजेको समयमा एक होटलबाट पक्राउ गरिएको बताइएको छ ।