देउवाले ओलीसँग बालुवाटारमा छलफल गर्ने

Image

काठमाडौं: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन्।

देउवा र ओलीबीच आज अपराह्न भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुन लागेको बताइएको छ।

आजको भेटमा एमसीसी र स्थानीय तहको चुनावबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जान लागेका हुन्। यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा अध्यक्ष ओली भेट्न उनको निवास बालकोट पुगेका थिए।