हेटौंडा – हेटौंडामा सामुदायिक वनको अधिकारलाई
कायम गरियोस भन्दै आज २६ बुधबार हेटौंडामा आन्दोलनमा उत्रिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश लगायत जिल्ला महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वनका प्रतिनिधिहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका वन उपभोक्ताका प्रतिनिधिहरुले कालोपट्टी र कालो कपडा लगाएर सडकमा उत्रिएका हुन् । सामुदायिक वनको अधिकार कटौती गर्ने गरी तयार गरिएको नियमावली २०७८ को मस्यौदा प्रदेश वन एैन’ संरक्षित वनक्षेत्र विस्तार’ तेहेरो कर लगायत वन पैदावर दुरुपयोगमा लगाईएको प्रतिवन्धको विरुद्धमा आन्दोलनमा उत्रिएको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशले जनाएको छ । साथै प्रशारणलाइन लगायतका विकास आयोजनाबाट भएको क्षतिवापत समुहलाई क्षतिपुर्ती दिनुपर्ने’ वन पैदावार समुहलाई हस्तान्तरण गर्नुपर्ने’ प्रदेश वन ऐनमा भएको सामुदायिक वन विरोधी व्यवस्थापन खारेज गर्नुपर्ने साथै जिल्ला वन पैदावार आपुर्ती समिति खारेज गर्नुपर्ने र सामुदायिक वन उपभोक्ता समुहको अधिकारलाई लोकतान्त्रिकरण गर्नुपर्ने, सामुदायिक वनमा लगाएको तेहेरो कर खारेज गर्नुपर्ने लगायत वन्यजन्तु आंतक नियन्त्रण गर्नुपर्ने उनिहरुले माग राहेका छन् ।















