चितवनमा भेटियो बर्ड फ्लु

Image

हेटौंडा। पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ। राप्ती नगरपालिका-६ मा रहेको अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो।

फर्ममा दुई हजार कुखुरा रहेको र त्यसमध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

कुखुरा भटाभट मरेपछि माघ २५ मा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरि पुष्टि भएको हो। बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर वरपर चारैतिर भएका पक्षीहरू  नष्ट गरिने तयारी भइरहेको छ।

बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो। सोहीअनुसार आज फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको तामाङले बताए।