भारतमा गठित सुदूरपश्चिमेली नेपाली समाजले पाँचौ वार्षिकोत्सब मनाएकाे छ ।
आईतबार भारतकाे दिल्ली स्थित किशनगढमा समाजले पाँचौ वार्षिकोत्सब मनाएकाे हाे । सुदूरपश्चिमेली समाज भारत दिल्ली राज्य समिति गठनभएकाे पाँच वर्ष पूरा भएकाे उपलक्ष्यमा समाजले वार्षिकोत्सब मनाएकाे समितिका सचिव गणेश दत्त भट्टले जानकारी दिनुभयाे । काेराेना संक्रमणका कारण सामान्य कार्यक्रम गरेर वार्षिकोत्सब मनाएकाे उहाँले बताउनुभयाे ।
काेराेना संक्रमणा राेकथामका लागि भारत सरकाले लागू गरेका मापदण्डकाे पालना गरेर समितिकै पदाधिकारीहरुकाे सहभागितामा कार्यक्रम गरेर वार्षिकोत्सब मनाएका सचिव भट्टकाे भनाई छ । दिल्ली राज्य समितिका बरिस्ठ अध्यक्ष प्रशाद सिहँ क्षेत्रीकाे सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय समतिका महासचिव महादेव भट्ट रहनुभएकाे थियाे ।
यस्तै बिशिष्ट अतिथिमा केन्द्रीय समितिका काेषाध्यक्ष हर्क रावत , केन्द्रीय सदस्य केशर साउद , समतिका कलासंस्कृति विभाग उप प्रमुख नरेन्द्र अधिकारी रहनुभएकाे थियाे । कार्यक्रममा दिल्ली राज्यका सम्पूर्ण उपाध्यक्ष , सचिव , काेषाध्यक्ष, सल्लाहकार , मेहराैली जिल्लाका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालान समितिका सचिव गेणेश दत्त भट्टले गरेका थिए ।
गठित समितिले सुदूरपश्चिम प्रदेश नं ७ घर भई हाल भारतको बिभिन्न सहरमा व्यवसायिक, अध्यन,बसोवास, तथा रोजगारीको सिलसिलामा रहेकाहरूको हक हित ,मेलमिलाप, भाईचारा एकता सदभाव एवम् सामाजिक कार्यमा हातेमालो गरि कला संस्कृति को संरक्षण र भेषभुषा परम्परा को जगेर्ना गरिरहेकाे सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिले जनाएकाे छ । राष्ट्र प्रतिको कर्तव्य र अधिकार सुदुरपश्चिमको विकास निकास र नयाँ अवसर प्राप्ती गर्न समेत कार्यसमितिले काम गरिरहेकाे बताईन्छ ।
सुदूरपश्चिमेली नेपाली समाज सेवा र पीडीत नागरिकहरुको समस्या समाधान समेत गर्ने गरेकाे छ । कुनै नागरिक बिरामी परे साे समितिले पैसा संकलन गरेर आर्थिक सहायता समेत गर्ने गरेकाे छ ।














