हेटौंडा। सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसले भोलि संसदमा एमसीसी टेबुल गर्ने भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ दलहरुले नेपाल बन्दको घोषणा गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र नेकपा माओवादी केन्द्र समाजवादीले बन्दको संयुक्त घोषणा गरेका हुन् ।
उनिहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा नरहेको भन्दै विभिन्न विरोध प्रदर्शन गर्दै आईरहेका छन् । भोलि संसदमा एमसीसी टेबुल हुनेभएपछि उनिहरुले एमसीसी विरुद्ध नेपाल बन्दको घोषणा गरेका हुन् । नेपालप्रेशबाट
















