नेपाली काँग्रेस अछामको सभापतिमा यी तीन जनाको उम्मेदवारी

Image

अछाम।

नेपाली काँग्रेस अछामको जिल्ला सभापतिमा तिन जनाले उम्मेदवारी दिएका छन्। अधिवेशनका उम्मेदवारहरूको मनोनय प्रक्रिया सकिएको हो।

पार्टीको निर्वाचन समितिले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरेको बताएको छ।

सभापति पदका लागि पूर्वसभापति पुष्पबहादुर शाह, वर्तमान सभापति भरतकुमार स्वाँर र नेविसंघ अछामका पूर्वअध्यक्ष राजन कुवँरले सभापतिमा उम्मेदवारी दिएका छन्।