काठमाडौं।
राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ। पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो।
बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने नारा लगाउँदै जुलुस प्रदर्शन भएको हो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने गरी मूल्यवृद्धि गरिएको बताए।
मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन जारी राख्ने उनले बताए। बमले मूल्यवृद्धिविरूद्ध कडा संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिए।
















