इमर्जिङ्ग नेपालको आईपीओ आजदेखी शेयर बजारमा, पहिलाे काराेबार कतिमा ?

Image

काठमाडौं

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) आज आईतबार देखि शेयर बजारमा कारोबार हुने भएको छ । कम्पनीको आईपीओ शुक्रबार नेपाल स्टक एक्सतेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।

इमर्जिङ्ग नेपाल लिमिटेडको शुक्रबार ५५ लाख ५६ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सुचिकृत भएसँगै आजबाट काराेबार खुल्न लागेकाे हाे ।

कम्पनीले सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४ सय कित्ता शेयर गरी ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति शेयर न्युनतम १०५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि ENL (ईएनएल) सिम्बोल पाएको छ ।

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।