काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत श्रीधर खत्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएकी छन्।
राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिले खत्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो।














